हामी जो कोहिले पनि देख्ने गरेका छौँ मानिसहरुले आफ्नो पसल छिर्ने गेटमा कागती र खुर्सानी झुण्ड्याउने गर्छन् । तर किन झुण्ड्याइन्छ त ? यसको कारण के होला ? हामी जो कोहिको मनमा उठ्ने प्रश्न हो तर हामी यसको कारण खोज्न तिर लाग्ने भन्दापनि रुढीवादी परम्परा होला भनेर भनिदिन्छौ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको र अन्धविश्वास भनेर टार्न त सकिएला तर यसको वैज्ञानिक कारण भने फरक छ ।
वास्तुदोष हटाउनका लागि कागती र खुर्सानी घरमा वा पसलमा लगाउन प्रेरित गरिन्छ । तपाईको घरमा वा वरिपरि कागतीको रुख छ भने वातावरण स्वच्छ र सकारात्मक ऊर्जायुक्त हुन्छ र तपाई बस्ने वरिपरिको वातावरण स्वच्छ बनाउँदछ । सबैले घरमा कागतीको बोट र खुर्सानीको बोट नहुने भएकाले कागती र खुर्सानीलाई उनेर राख्दछन् । कागतीमा धागो उन्दा कागतीबाट सुगन्ध निस्कन्छ र वातावरणमा फैलिन्छ ।
यसले मूड पनि फ्रेश गराउँदछ र हाम्रा घर वरिपरि भएका हानिकारक किराहरु पनि भगाउँदछ । कागती एक हप्ताभित्र बासी हुने भएकाले प्रत्येक हप्ता परिवर्तन गर्नुपर्दछ । कागतीको अमिलोले हावालाई सफा बनाउँदछ । कागती र खुर्सानीले प्राकृतिक रूपमा वायुलाई स्वच्छ बनाउँदछन् । एउटा कागती र सातवटा खुर्सानीलाई धागोमा उनेर आफ्नो ढोकामा झुण्ड्याउनु पर्दछ र प्रत्येक हप्ता परिवर्तन गर्नुपर्दछ । यो देखावटीको वस्तु भन्दा पनि स्वास्थ्यका लागि लाभदायक हुन्छ ।
गाडिमा किन टाँगिन्छ ?
केबल घर र पसलमा मात्र होइन, कतिपय गाडीमा समेत यसरी कागती अनि खुर्सानी टाँगेको देख्न सकिन्छ । यसले दुर्घटनाबाट बचाउँछ भन्ने अन्धविश्वासका कारण यस्तो गरिएको हो । यसको वैज्ञानिक कारण नभएपनि मानिसहरुले धेरै पहिलेबाट यो चलन अपनाउदै आएका छन् ।
कहिले र कसरी टाँग्ने ?
यसलाई टाँग्दा कागतीलाई सबैभन्दा तल र त्यसमाथि खुर्सानी राख्ने चलन छ । यसलाई विशेषगरी मंगलबार र शनिबारका दिन टाँग्ने गरिन्छ र हरेक हप्ता बद्लिन्छ ।