काठमाडौं : दशैँ भन्ने बित्तिकै धेरैले रातो टिका र जमरालाई सम्झने गर्छन। विजयादशमीको दिन मान्यजनले आर्शिवाद सहित रातो टिका र जमरा लगाइदिने परम्परा छ। घटस्थापनाका दिन घरको सूर्यको प्रकाश नपर्ने अँध्यारो स्थानमा शुद्ध माटोमा जौ,मकैलाई जमराको रुपमा छर्ने गरिन्छ।
धार्मिक हिसाबमा जमरा राख्ने आफ्नै आफ्नै सँस्कृति छ। यसरी घटस्थापनाका दिन विभिन्न धार्मिक विधि अपनाएर राखिएको पहेँलो जमरा टीकाको दिन टोपी भित्र,टाउकोमा कपालभित्र वा कानमा आशीर्वाद दिदैँ मान्यजनहरूले लगाइदिने परम्परा रहेको छ। धार्मिक हिसाबले जमरालाई समृद्धिको प्रतीक मानिएका छन् ।
तर दशैंमा जमराको जति महत्व छ स्वास्थ्यको हिसाबले पनि जमराको उत्तिकै महत्व रहेको छ। जमरामा सूर्यको प्रकाश नपर्ने हुँदा क्लोरोफिल तत्व हुँदैन। नियमितरुपमा जमराको अचार, सलाद, तरकारी, जुस सेवन गर्नाले हाम्रो शरिरमा आवश्यक पर्ने विभिन्न तत्वहरु पाइन्छ।
जमरामा विशेषगरी भिटामिन, खनिज, एमिनोएसिड आदी पाइन्छ जमराले कलेजमा भएको विषाक्त पदार्थलाई हटाउन र ठूलो आन्द्रा सफा गरी शरीरमा स्फूर्ति बढाउँन, पाचन शक्ति मजबुत बनाउन, रगत सफा राख्न मद्दत गर्छ ।क्यान्सरको उपचार लगायत विभिन्न किसिमका भिटामिन, इन्जाइम, खनिजलगायत महत्वपूर्ण तत्व हुन्छ ।
रोग प्रतिरोध क्षमता बृद्धि गर्ने गुण र मासुभन्दा बढी प्रोटिन एवं शरीरमा चोटपटक लाग्दा छिटो निको गराउने हुनाले मधुमेहलाई फाइदा गर्छ। यस्तै जमरामा प्रशस्त मात्रामा कार्बोहाइड्रेड, प्रोटिन पनि पाउने गरिन्छ। ससले गर्दा जमरा दशैमा धार्मिक हिसावले जति महत्वपूर्ण छ। स्वास्थ्यको हिसावले पनि उत्तिकै महत्वपूर्ण रहेको पाइन्छ।
जमराको जुसमा भिटामीन ए, बी, सी, ई, थाइमिन, फलाम, पोलीफिनोल, क्लोरोफिल तथा खनिज प्रसस्त पाइन्छ। जसले कलेजोको विषाक्त हटाउँछ, साथै आन्द्रा सफा गर्न मद्दत गर्छ। यस्तै शरीरमा रगतको मात्रा बढाउन र रगत शुद्ध गर्न उपयोगी छ।
रगतमा सुगरको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ जसले गर्दा सुगरका बिरामीको लागि जमराको जुस सेवन गर्नु धेरै राम्रो मानिन्छ। यसका साथै युरिक एसिड र उच्च रक्तचाप कम गर्न,आँखाको ज्योति बढाउँछ।अनुहारको कालो पोतो, दाग हटाउन मद्दत गर्दछ। क्लोरोफिल मुटुको धमनीलाई स्वस्थ राख्न सहयोग गर्छ।
तर जमराको जुस सेवन गर्दा चिकित्सको सल्लाहमा मात्रै सेवन गर्नु पर्छ। मात्रा: २०-३० मि. लि. दिनमा १ वा २ पटक खालि पेटमा। वा चिकित्सकको सल्लाह बमोजिम खाने गर्दा धेरै राम्रो हुन्छ।