पोखराबाट झापा जाँदै गरेको कार त्रिशुलीमा खस्यो

समाचार

पोखराबाट झापा जाँदै गरेको कार त्रिशुलीमा नदीमा खसेको छ ।बा १० च ५४४५ नम्बरको कार नारायणगढ मुग्लिङ सडकखण्डको सत्रकिलो भन्ने ठाउँबाट अनियन्त्रित भएर खसेको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा कार चालक लिला भट्टराई र उनकी श्रीमती देउकला दाहाल सामान्य घाइते भएका छन् । उनीहरुलाई स्थानीय र प्रहरी टोलीले उद्धार गरेका थिए ।

त्यसबाहेक घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । नदीमा खसेको कार भने बेपत्ता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *