बिहे गर्दै सलोनः एयर होस्टेसको प्रेममा छन् चुर्लुम्म, को हुन् यी युुवती ?

समाचार

अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसी बुधबार रिलेसनसिपको चौथो वर्षगाँठ मनाउँदैछन् ।

सम्बन्धलाई तीन वर्ष गुपचुप राखेका उनीहरुले गत वर्षको भ्यालेन्टाइन्स डेमा मात्र सार्वजनिक गरेका थिए । चौथो प्रेम सम्बन्धमा गाँसिएको चार वर्ष पुगेको सन्दर्भमा सलोनले आफूहरु दुई वर्षभित्रै विवाह गर्ने तयारीमा रहेको बताए ।

‘बिहेका लागि परिवारले पनि अनुमति दिनुभएको छ । दुई वर्षभित्रै बिहे गर्ने हाम्रो योजना छ,’ सलोनले भने, ‘हामीले सम्बन्धको चार वर्ष बितायौं । प्रतिबद्ध हुने निर्णयपछि गत वर्ष मात्रै रिलेसनलाई बाहिर ल्याएका हौं ।’

ढिलोमा दुई वर्षभित्र विवाह गर्ने र यसको जिम्मा परिवारले आफूहरुलाई नै छाडिदिएको उनले बताए ।

करिश्माले पनि लेखेकी छन्, ‘सधैं घाम र इन्द्रेणी हुनेछ भनेर म वाचा गर्न सक्दिनँ, तर म तिमीलाई मेरो माया, मेरो बफादारी, तिमीलाई खुसी पार्न, तिमीसँगै सपना देख्न, तिमीलाई प्रोत्साहन देख्न, तिम्रो सबैभन्दा मिल्ने साथी बन्न र तिम्रो परिवार बन्ने वाचा गर्छु । म तिमीलाई माया गर्छु ।’

करिश्मा पेसाले नेपाल वायुसेवा निगमकी एयर होस्टेस हुन् । अभिनेता सलोनका ‘हनीबनी’ र ‘मिलन’ फिल्म रिलिजको तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *