अहिलेसम्म कै डरलाग्दो सीसीटीभि फुटेज, एक बच्चिलाई पाँच कुकुरले…

रोचक

काठमाडौं । भुस्या कुकुर हाम्रा लागि कुनै नयाँ विषय होईन् ।कुकुरबाट बच्चा मात्रै नभई ठूला मान्छेहरू पनि डराउने गर्छन् । यस्तै एक डरलाग्दो घटना भारतमा घटेको छ ।

भारत, मध्यप्रदेशको राजधानी भोपालमा सीसीटीभी क्यामेरामा एक डरलाग्दो घटना कैद भएको हो । क्यामेरामा कैद भएको भिडियोमा पहिले पाँच कुकुरले चार वर्षीया बालिकालाई खेदेको देख्न सकिन्छ ।त्यसपछि एउटा कुकुरले बालिकाको हात, मुखमा समातेर ढाल्यो । त्यसपछि सबै कुकुरहरू उसलाई एकसाथ खान थाल्छन् ।

त्यसपछि त्यहाँबाट गइरहेका एक युवकले ढुङ्गाले हानेर कुकुरहरूलाई भगाए । बालिकालाई गम्भीर चोट लागेको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् ।

उनलाई अस्पतालमा भर्ना गरिएको छ । घटना भोपालको बाग सेवानिया क्षेत्रको हो ।एक मजदुरकी छोरी आफ्नो घर बाहिर खेल्दै गर्दा कुकुरको एक समूहले उनलाई सिकार बनाएको बताइएको छ ।

जब उनी भाग्न खोज्दै थिइन्, कुकुरहरूले उनलाई घेरेर टोकेका हुन् । भोपालको बाग सेवानिया क्षेत्रबाट सार्वजनिक भएको भिडियोमा कुकुरले उनलाई भुइँमा ढालेर टोक्दै गरेको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *