झट्ट यो खबरसुन्दा तपाइलाई चकित पार्ने छ । जसले हरेकलाई सुन्दैमा पनि चम्म पार्छ । संसारमा कस्ता कस्ता जागिरहरु हुदो रहेछन् । एउ टा यस्तै जागिरको अवशर अमेरिकामा आएको छ । यो जागिर अमेरिकाकी एकजना महिलाले ल्याएकी हुन् । उनले अंगालो मारेर सुताएको एक घण्टाको करिब ८ हजार रुपैया दिन्छिन् । पछिल्लो समय ती महिला इन्टरनेटमा भाइरल बनिरहेकी छन् ।
अनि यो खवर पनि सामाजिक सञ्जालमा निकै भाईरल भएको छ । उनले आफ्ना ग्राहकहरुलाई ओछ्यानमा केवल अंकमाल गरेर सँगै सुत्छिन् । निकै प्रेमभावमा अंकमाल गरेर सुताएबापत उनले प्रतिघण्टा ८० डलर अर्थात् झण्डै ८ हजार शुल्क लिन्छिन् । अमेरिकाको केनजस सहरकी ती महिलाको नाम मेरी हो ।
मानिसहरुलाई अंकमाल गरी आलिंगनमा राखेर सुताएकै भरमा उनले वर्ष दिनमा झण्डै २० लाख रुपैयाँ बराबरको रकम कमाउँदै आएकी छिन् । अंगालो हालेर सुताउने त्यो पद्धतिको लागि मेरीले केही कडा नियम बनाएकी छिन् । उनीसँग सुत्ने ग्राहकले पूर्णरुपमा जिउमा कपडा लगाएको हुनुपर्दछ र त्यस अवधिभर कुनै सम्पर्कको इच्छा व्यक्त गर्नु हुँदैन ।
गर्मी महिनामा जाँगे लगाउन पाइन्छ तर जाँगे निकै छोटो हुनु हुँदैन ।उनीसँग अँगालो हालेर सुत्नका लागि पुरुष तथा महिला समेत आउने गरे का छन् । त्यस्तै विवाहित दम्पत्तिहरु अविवाहित तथा एकल महिला र पुरुषहरु पनि आउँदछन् । मेरी आफैं पनि प्रेममा छिन् । उनको त्यो अपरिचितलाई अँगालो हालेर सुत्ने पेशालाई उनका ब्वायफ्रेण्डले कुनै दखल पुर्याएका छैनन् ।
त्यो कुनै नराम्रो कार्य होइन र एउटा थेरापी मात्र हो भन्ने कुरा आफ्नो प्रेमीलाई जानकारी रहेको उनको भनाइ छ । यो पेशाले आफू स्वयंलाई पनि फाइदा भएको उनी बताउँछिन् । अहिले आफूलाई मिठो निद्रा लाग्ने तनाव कम भएको र जिउमा स्फूर्ति पनि बढिरहेको उनको भनाइ छ । इज बिफोर डटकम बाट ।