केही दिन अघि प्रेमको विषयलाई लिएर चर्चामा आएकी गायिका त्रिशला गुरुङलाई बलिउड निर्देशक करण जोहरले फिल्म खेल्न अफर गरेको खुलासा

मनोरंजन

काठमाडौं –

चर्चित गायिका त्रिशला गुरुङले आफुलाई चर्चित बलिउड निर्देशक त्रिशला गुरुङले फिल्म खेल्न अफर गरेको बताएकी छन् ।दशैं फेस्टिभलबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो खुलासा गरेकी हुन् ।

उनले करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ दी इयर’को दोस्रो श्रृंखलाबाट आफूलाई अफर आएको बताएकी हुन् । फिल्ममा अनन्या पाण्डेले गरेको भूमिकामा आफूलाई प्रस्ताव आए पनि पढाइका कारणले उनले त्यो अफर गर्न नसकेको बताएकी हुन् । फाइनल एयरमा हुँदा अनन्या पाण्डको भूमिकामा मलाई अफर आएको थियो । तर मैले पढ्नुपर्छ भनेर लागें,’ उनले भनिन् ।

एक्ट्रेस हुन त सोचेको पनि थिइनँ । म गायनमा फोकस हुन चाहन्छु । मेरो फोकस पहिले पनि पढाइ थियो तर पढाइमा फोकस हुनुपर्ने भएपछि आफूले प्रस्तावलाई अस्वीकार गरेको उनको भनाइ छ ।

कभर गीतबाट चर्चित त्रिशला चिकित्सक समेत हुन् । रोहित शाक्यसँगको अफेयर हल्ला चलेपछि उनले उनले आफु अफेयरमा नरहेको बताइन् । लिरिक्स लेख्दा मिडियाले रिलेसनसिपमा रहेको बताएपछि आफूले परिवारको गाली खानुपरेको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published.