तेलको मूल्य सात महिनायताकै सबैभन्दा सस्तो, कति छ प्रति लिटर ?

समाचार

काठमाडौं ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सात महिनायताकै सबैभन्दा तल्लो बिन्दुमा पुगेको छ। अहिले क्रुड आयलको मूल्य प्रतिब्यारल ९२ डलरमा कारोबार भइरहेको छ। विज्ञहरुले यो मूल्यमा अझै गिरावट आउन सक्ने बताएका छन्।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल सस्तिएपछि नेपालको मुख्य आयात बजार भारतमा पेट्रोल-डिजेलको मूल्यमा प्रतिलिटर भारु ३ रुपैयाँ घट्ने बताइएको छ। यसअघि गत फेब्रुअरीमा कच्चा तेलको मूल्य ९० डलर प्रतिब्यारल थियो। जो जुनमा १२५ डलर प्रतिब्यारलसम्म पुग्यो।

विज्ञहरुले कच्चा तेलको मूल्य घटेर प्रतिब्यारल ८५ डलरसम्म झर्न सक्ने बताएका छन्। कच्चा तेलको मूल्य १ डलर प्रतिब्यारल महँगो हुँदा भारतमा पेट्रोल-डिजेलको मूल्य ५०-६० पैसा प्रतिलिटर बढ्छ। यस्तोमा यही दरले घट्दा भारतमा अबको केही समयपछि प्रतिलिटर ३ देखि ४ रुपैयाँ सस्तो हुने आँकलन छ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १२५ डलर प्रतिब्यारलसम्म पुगेको थियो। जुन सेप्टेम्बर भन्दाअघि हप्तामा ९२ डलर प्रतिब्यारल कारोबार भएको थियो। यस अनुसार क्रुडको मूल्य २६ प्रतिशतले सस्तो भइसकेको छ। चीन र युरोपका कयौँ देशको अर्थव्यवस्था दबाबमा छ। यहीकारण क्रुडको माग अझै घट्न सक्नेछ।

एक महिनायता अन्तर्राष्ट्रिय बजारमा कच्चा खाद्य तेलको मूल्य खस्किएसँगै नेपालमा तयारी खाने तेलको मूल्य पनि घटेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा हुने उतारचढावले तयारी उत्पादन पनि घटबढ हुने गर्छ। इन्डोनेसियामा प्रति टन १ हजार डलरमा बिक्री भइरहेको कच्चा पामोलिनको मूल्य १८ सय डलरभन्दा माथि पुगेको थियो। त्यसबेला नेपालमा तयारी पाम तेलको मूल्यप्रति लिटर ३ सयदेखि ३४० सम्म पुग्यो। अहिले बजारमा प्रति लिटर २५० देखि २९० सम्ममा पाइन थालेको छ।

यता नेपालमा भारतले तीन पटकसम्म घटेको दर पठाउँदा पनि मूल्य समायोजना नगरेको आयल निगमले पछिल्लो पटक केही बढेको पठाउनेबित्तिकै वृद्धि गरिसकेको छ। निगमले अहिले पनि तेलको घाटा मासिक ६१ करोड रहेको भन्दै मूल्य घटाउन मानिरहेको छैन।

Leave a Reply

Your email address will not be published.